भारतमा १४ दिन थपियो लकडाउन

काठमाडौं । भारत सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै देशमा चौथो चरणको लकडाउन १४ दिन बढाएको छ ।

भारतमा आज बसेको ४ घण्टा लामो मन्त्री परिषद् बैठकले ३१ मे सम्मका लागि लगडाउन थपेको हो । लकडाउनको तेश्रो चरण आज सकिँदै छ ।

२४ मार्च भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक देशमा लकडाउन गरेका थिए । भारतमा लकडाउन भएको ५३ दिन भईसकेको छ ।

पहिलोपटक भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको थियो ।

भारतमा कोरोना संक्रमणका कारण यो समाचार तयार पार्दासम्म २ हजार ८९७ जनाको मृत्यु भईसकेको छ भने ९१ हजार ३१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै भारतमा २६ जनाको मृत्यु भईसकेको छ भने ६६६ जना नयाँ संक्रमित थपिएका छन् । यसैबीच नेपालमा पनि लकडाउन के गर्ने भन्ने विषयमा आज मन्त्रीपरिषद्ले निर्णय गर्दैछ ।

एजेन्सीको सहयोगमा

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?