मन्त्रीपरिषद् बैठक बस्यो, लकडाउनबारे निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

स्रोतका अनुसार आगामी जेठ १५ गतेसम्म लकडाउन थपिनसक्ने बताइएको छ ।

सरकारले पछिल्लो समय थपेको लकडाउन जेठ ५ गते(भोली) बाट सकिँदैछ ।

हालसम्म नेपालमा कोरोनाको कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको र ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?