काठमाडौं । यूरोपका विभिन्न शहरमा लकडाउनलाई लिएर प्रदर्शन भएको छ । युरोपका विभिन्न शहरमा लकडाउनविरुद्ध भएका प्रदर्शनमा प्रहरीले प्रदर्शनकबारीलाई पक्राउ गरेको हो ।
यूरोपका विभिन्न शहरमा शनिवार लकडाउनविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनमा स्थितीलाई नियन्त्रणमा लिनका लागि पोल्याण्डमा प्रहरीले अश्रु ग्यास समेत छोडेको थियो ।
त्यस्तै लण्डनको हाईड पार्कमा अत्याधिक भीड भएपछि त्यहाँका मानिसहरुलाई गिरफ्तार गरिएको छ । त्यस्तै जर्मनीका पनि केहि शहरहरुमा हजारौँको संख्यामा मानिसहरु भेला भएर प्रदर्शन गरेका थिए ।
स्टाटगार्ट शरका प्रशासनको अनुसार, ५ हजारको संख्यासम्म मानिसहरुलाई प्रदर्शन गर्ने अनुमति दिइएको थियो । तर ५ हजार भन्दा धेरै प्रदर्शनकारी भेला भएपछि अन्य स्थानमा जान बताइएको थियो ।
त्यस्तै म्युनिक एक मेला स्थलमा अनुमतिसहित १ हजार प्रदर्शनकारी उपस्थित भएका थिए ।
उनीहरुले लकडाउनका कारण आर्थिक स्थिती कमजोर भएको प्रदर्शनमा बताएका थिए ।
अधिकांश युरोपीय देशहरु नै कोरोना भाइरसको टार्गेट बनेका छन् । त्यस्तै पोल्याण्डको राजधानीमा लकडाउनका बेला प्रदर्शन गरिएको भन्दै सीनेटर सहित दर्जनौँलाई हिरासतमा राखिएको छ ।
त्यस्तै बेलायतमा प्रदर्शन गर्न निस्केका १३ प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको छ ।
एजेन्सीको सहयोगमा
‘डाटा लीक’ भएपछि नयाँ खुलासा १, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया