चीनका राजदूत मृत अवस्थामा फेला

काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वेइ मृत भेटिएका छन् । उनी आफ्नो निवासमा मृत अवस्थामा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलको विदेश मन्त्रालयले वेइको मृत्यु भएको खबर पुष्टि गरिसकेको छ। तर, चिनियाँ दूतावासले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

अहिले प्रहरीले उनी बस्दै आएको घरमा पुगेर अनुसन्धान थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अुनुसार उनी घरमा एक्लै बस्दै आएको र उनको परिवार चीनमा नै रहेको बताइएको छ।

गत फेब्रुअरीमा उनी राजदूतका रुपमा इजरायल पुगेका थिए। यस अगाडि उनले युक्रेनका लागि चिनियाँ राजदूतको रुपमा काम गरेका थिए।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?