१५ जेष्ठ २०७९, आईतवार

सभामुखलाई विदेश उड्ने हतारो : एकै दिन सात विधेयक पारित

२०७४,आश्विन,४,बुधबार ०३:५८

0
Shares

काठमाडौं, ४ भदौ- सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् ।विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन (मंगलबार) संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् ।भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा (नवौं) संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको (केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने) विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका

भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्कजाम गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै

खोटाङ । नेपाल प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ । दिनरात

काठमाडौं  । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साह फोहर व्यवस्थापनकाे विषयमा जानकारी लिन नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । उनले

ताजा समाचार

सलमानका अनेक सोख
 २०७९,जेष्ठ,१५,आईतवार १३:४५