पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट दुई जना पक्राउ परेका छन् ।

२ थान पेस्तोल, गोली ६ राउण्ड र म्यागजिन १ थानसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित बीआर ३० एम. ६७८७ नम्बरको मोटरसाइकल सहित अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त हतियार र मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?