काठमाडौं । कोरोना भाइरसको महामारीबाट यति बेला सारा विश्व ग्रस्त छ ।
अहिलेसम्म महामारीका कारण विश्वमा ३ लाख १३ हजार २६३ जनाको मृत्यु भईसकेको छ भने ४७ लाख २२ हजार १९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १८ लाख १२ हजार १८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८२७ जनाको मृत्यु भएको छ भने ९० हजार ९२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २७९ जना नयाँ संक्रमित थपिएका छन् भने आज १ जनाको मृत्यु भईसकेको छ । त्यहाँ ३४ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै भारतमा शनिवार मात्रै ४ हजार ८६४ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ११८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया