काठमाडौं । कोरोना भाइरसको महामारीबाट यति बेला सारा विश्व ग्रस्त छ । अहिलेसम्म महामारीका कारण विश्वमा ३ लाख १३ हजार २६३ जनाको मृत्यु भईसकेको छ भने ४७ लाख २१ हजार ८८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १८ लाख १२ हजार १८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै महामारीबाट ग्रस्त बनेको अमेरिकामा योृ समाचार तयार पार्दासम्म ९० हजार ११३ जनाको मृत्यु भएको छ भने १५ लाख ७ हजार ७७३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ३९ हजार २३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २८ हजार १३४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५८ हजार ९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा १० हजार २६० जनाको मृत्यु भईसकेको छ भने १ लाख ४६ हजार ३८९ जनालाई संक्रमण भएको छ ।
शनिवार मात्रै अमेरिकामा २३ हजार ४८८ जना नयाँ संक्रमित थपिएका थिए भने शनिवार नै अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया