जनयुद्ध दिवस : पेरिसडाँडाको केक छाडेर प्रचण्डकै पार्टीका नेता वैद्य–विप्लवको मञ्चमा

काठमाडौं, १ फागुन । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धको २३ औं वर्षगाँठ माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक काटेका थिए भने वाईसीएलका अध्यक्ष दिपशिखाले केक खुवाइदिए कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, टोपबहादुर रायामाझी, मणि थापासहित शीर्ष नेता र कार्यकर्ता सहभागी थिए कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने अभियानमा लागेको भन्दै यसमा सहभागी हुन मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई समेत आग्रह गरे रहर लहडमा क्रान्ति नहुने भन्दै उनले वैद्य र विप्लवलाई दिवासपनाबाट ब्युझन आग्रह गरे प्रचण्डले पेरिसडाँडामा यसो भनिरहँदा वैद्य र विप्लवसहितका प्रभावशाली नेताहरुले नेतृत्व गरेका नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) ले राष्ट्रिय सभामा विशेष कार्यक्रमको आयोजना गरी पुनः क्रान्तिलाई अघि बढाउने उद्घोष गरेका छन् सो कार्यक्रममा वैद्य र विप्लवका साथै प्रचण्ड नेतृत्वको पार्टीबाट विद्रोह गर्दै नेताहरु गोपाल किराती, लोकेन्द्र विष्ट, विश्वभक्त दुलाल आहुतीलगायतका नेताहरु समेत सहभागी भएका छन् उनीहरुले प्रचण्डले क्रान्तिप्रति धोका र गद्दारी गरेको भन्दै नयाँ जनवादी क्रान्तिको पूर्णतामा जोड दिएका छन् । १० वर्षसम्म लडिएको जनयुद्धमार्फत माओवादीले राजनीतिक श्रेष्ठता हासिल गरेको उल्लेख गर्दै उनीहरुले सैन्य मोर्चामा पनि पराजित नभएको बताए नेता लोकेन्द्र विष्टले भने, ‘हामीले राजनीतिक श्रेष्ठता हासिल गर्दैै अघि बढेका हौं । अहिले माओवादीकै एजेन्डामा देश हिडेको छ । तर सैन्य मोर्चामा हामीलाई जितेको वा हामीले जितेको अवस्था थिएन र बराबरीको अवस्थामा हामी शान्ति प्रक्रियामा आएका हौं ।’नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवादको दिशामा जानुपर्ने बताउँदै उनले जनवादी क्रान्ति आवश्यक र सम्भव दुवै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?