२ जेष्ठ २०७९, सोमवार

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० बढीको मृत्यु

२०७४,आश्विन,४,बुधबार ०३:०३

0
Shares

काठमाडौं, ४ भदौ— मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको बीसीसीको जनाएको छ । मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ । दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो । मेक्सिकोमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प जाने गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यात्राको आनन्द लिने उत्तम तरिका भनेको हल्का सामान बोक्नु हो । तर, केही व्यक्तिहरू आफ्ना कार्यमा दक्ष र

काठमाडौं । उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण

काठमाडौं । तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम

काठमाडौं । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई

ताजा समाचार