लागु औषध मुद्दामा एभरेस्ट होटल सञ्चालक लारी जेल चलान

काठमाडौं, १ फागुन । लागु औषधसम्बन्धि मुद्दामा पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक लारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ अदालतको आदेशपछि उनलाई सुन्धारास्थित केन्द्रिीय कारागारमा राखिएको छ । गत माद्द २५ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धान गर्ने क्रममा उनी संलग्न रहेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?