वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र : वैद्य

काठमाडौं, १ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ल देशमा वाम गठबन्धनका नाममा संशोधनवादी हैकम तिव्र बनेको बताएका छन् ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित १० वर्षे जनयुद्धको २३ औं वर्षगाँठको उपलक्ष्यमा विज्ञप्ति जारी गर्दै उनले संशोधनवाद हाबी भएको यो जटिल अवस्थामा सच्चा कम्युनिस्टहरुलाई एकताबट बनाउँदै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

‘वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं ।’

उनले जनयुद्धका उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक बढ्नु नै जनयुद्ध दिवस मनाउनको अर्थ र औचित्य भएको उल्लेख गरेका छन् नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्य लिएर सुरु भएको जनयुद्ध उथलपुथल पैदागर्दै उत्कर्षमा पुग्दैगर्दा पार्टीको मूल नेतृत्वले नै गम्भीर धोका दिएपछि धक्का खान पुगेको उनको भनाई छ विज्ञप्तिमार्फत उनले जनयुद्धका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धान्जलि व्यक्त गर्दै, घाइते तथा वेपत्ताप्रति सम्मान प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?