विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

सरकारले आर्थिक वर्ष २०७७÷७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र काठमाडौँ÷तराई द्र्ुतमार्गको निर्माण सम्पन्न गर्ने बताइन् ।
त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ््गा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गरिन् । आर्थिक वर्ष २०७७÷७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।गोखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?