सबै सरकारी कारोबार नगदरहित बनाउने घोषणा

सरकारले दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहित बनाउने घोषणा गरेको छ ।

सरकारी कारोबारसहित व्यक्तिव्यक्तिबीच कारोबार र सबै किसिमको व्यवसायिक भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरिने सरकारको प्रतिबद्धता छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने घोषणा समेत गरिएको छ । सरकारले अघिल्लो वर्ष नै अधि बढाउन खोजेको स्याटेलाइट परियोजना विवादका कारण रोकिएको थियो । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?