कोरोना त्रास भारतमा कायमै, बितेको २४ घण्टामा १ सय ४ जनाको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार ७ सय ५३ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएसँगै ८५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ४ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका छन् भने संक्रमित मध्ये ३ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी, इटालीमा हालसम्म २ लाख २३ हजार ८ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ सय ४२ जनाको मृत्यु भएसँगै त्यहाँ कुल संक्रमितको संख्या ३१ हजार ६ सय १० पुगेको छ । हालसम्म १ लाख २० हजार २ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका र ८ सय ८ जनाको अवस्था कोरोनाको कारण गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३ लाख ६ हजार १ सय ७५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४५ लाख ८७ हजार ८ सय २९ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४५ हजार १ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म १७ लाख ३४ हजार ८ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ८७ हजार ६ सय ६२ जना मानिसको ज्यान गएको र १४ लाख ६९ हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा ११ हजार ७ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ५० जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा ३ लाख १७ हजार ४ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमित मध्ये १६ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

यो पनि पढ्नुहोस् : कोरोना विश्व अपडेट: ३ लाख ६ हजार नाघे मृतक, कुन देशको अवस्था कस्तो (विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?