कोरोना विश्व अपडेट: ३ लाख ६ हजार नाघे मृतक, कुन देशको अवस्था कस्तो (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख ६ हजार ६३ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४५ लाख ८६ हजार २ सय ७० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४५ हजार १ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म १७ लाख ३४ हजार ८ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ८७ हजार ६ सय ६२ जना मानिसको ज्यान गएको र १४ लाख ६९ हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा ११ हजार ७ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ५० जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा ३ लाख १७ हजार ४ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमित मध्ये १६ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ४ सय ५९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र स्पेनमा १ हजार ७ सय २१ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ६७ पुगेको छ । भने हालसम्म १ हजार ३ सय २० जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय १३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ६२ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको अवस्थामा २ हजार ४ सय १८ जनाको ज्यान गइसकेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ १० हजार ५ सय ९८ जना मानिसमा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ३३ हजार ९ सय ९८ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ३६ हजार ७ सय ११ जना मानिसमा कोरोना संक्रमण देखिएको र ती मध्ये १ हजार ५ सय बढीको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म २ लाख २३ हजार ८ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ सय ४२ जनाको मृत्यु भएसँगै त्यहाँ कुल संक्रमितको संख्या ३१ हजार ६ सय १० पुगेको छ । हालसम्म १ लाख २० हजार २ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका र ८ सय ८ जनाको अवस्था कोरोनाको कारण गम्भीर रहेको छ ।

पm्रान्समा भने बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन । फ्रान्समा हालसम्म कोरोनाको कारण २७ हजार ४ सय २५ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म १ लाख ७८ हजार ८ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५९ हजार ६ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ७ हजार ९ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २ सय ४८ कोरोना संक्रमित थपिएसँगै १ लाख ७५ हजार २ सय २३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ५ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार ७ सय ५३ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएसँगै ८५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ४ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका छन् भने संक्रमित मध्ये ३ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै टर्कीमा हालसम्म कोरोनाको कारण ४ हजार ५५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ४६ हजार ४ सय ५७ जना मानिसमा कारोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र २ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ भने ४८ जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ ।

त्यस्तै क्यानडामा हालसम्म कोरोनाको कारण ५ हजार ४ सय ९९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र ४ सय २४ जना कोरोना संक्रमित थपिएसँगै ७३ हजार ८ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ३ हजार ६ सय ९१ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएको र ५ सय २ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?