बेलायतमा कोरोनाका कारण ६३ नेपालीको ज्यान गयो

काठमाडौं । कोरोनाभाइरसबाट हालसम्म ६३ नेपालीले ज्यान गुमएका छन् । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले शुक्रबारसम्म बेलायतमा ६३ जना नेपालीहरुको कोरोनाका मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेहरुमा ५२ जना पुरुष र ११ जना महिला रहेका छन् ।

सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवारको मृत्यु भएको दूतावासको भनाइ छ ।

त्यस्तै, बेलायतमा ३३ हजार ९ सय ९८ जनाको मृत्यु भइसकेको छ भने, २ लाख ३६ हजार ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?