काठमाडौं । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । भारतको झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जना व्यक्तिमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
भारतबाट घर फर्केर क्वारेन्टाइनमा बस्दै आएका बझाङको बित्थड चिर गाउँपालिकाका ती व्यक्तीको जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले दुई पटक आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बझाङबासी तर्सित भएका थिए ।
दुई दिन पछि आएको रिपोर्टमा आरडीटी पोजेटिभ देखिएका व्यक्तीको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । परिक्षण गर्दा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको जनाको पिसिआर चेकजाँचका लागि धनगढी पठाएका थियौ चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ नै आएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया