एन आई सी एशिया लघुवित्तले कमायो १२ करोड बढी खुद नाफा

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विश्वव्यापी महामारीको कारण सृर्जित असहज परिस्थितिको बाबजुद वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८ प्रतिशत (७ करोड १६ लाख) ले वृद्धि गरी १९ करोड ४८ लाख सञ्चालन मुनाफा आर्जन गर्न कम्पनीले जनाएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ५६ दशमलव ४३ प्रतिशत (४ करोड ४३ लाख) को वृद्धि सहित १२ करोड २७ लाख खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा ७ करोड ८४ लाख रहेको थियो ।

यस आवको तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा १ अर्ब ८८ करोड वृद्धि गरी ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ, जुन गत आवको तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोडले बढि हो र बचत संकलनतर्फ २२ करोड रुपैयाँले वृद्धि गरी १ अर्ब १ करोड पु¥याएको छ । जुन गत आवको तेश्रो त्रैमासको भन्दा ५६ करोडले बढि हो ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाले आफ्नो निश्कृय कर्जा अनुपातमा सुधार ल्याई ० दशमलव ३२ प्रतिशतमा कायम राख्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा हर्जाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ ।

यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुने भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ ।

हालसम्म देशभर यस संस्था प्रतिको भरोसा सहित १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले ४७ करोड ५५ लाख बराबरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन (क्ष्एइ) निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?