नेपालमा एकैदिन १८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति पुगे संक्रमित ?

काठमाडौं- नेपालमा आज (शुक्रबार) मात्रै बिहान ९ र साँझ ९ जना गरी एकैदिन १८ जना संक्रमित थपिएका छन् । विदेशबाट स्वास्थ्य सामाग्री ल्याई परीक्षणको दायरा बढाउन थालेपछि धमाधम संक्रमित बढीरहेका छन् । यो सँगै कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

केहिबेरअघि मन्त्रालयले दिएको जानकारी अनुसार साँझ  कोरोना संक्रमित हुनेमा पर्सा वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङ गडवाका २३, ३६ र ३४ वर्षीय पुरुषहरु, काठमाडौं सतुङ्गल निवासी ७ वर्षीय बालक रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि आज शुक्रबार बिहान नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए । बिहान थपिएका संक्रमित राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणका क्रममा पुष्टि भएका थिए । बिहान थपिएका संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर, १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै अहिले थपिएका कोरोना संक्रमित पर्सा वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङ गडवाका २३, ३६ र ३४ वर्षीय पुरुषहरु, काठमाडौं सतुङ्गल निवासी ७ वर्षीय बालक हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि बिहान मकवानपुरमा पहिलो संक्रमित भेटिएसँगै नेपालमा २५ जिल्लामा कोरोना फैलिएको छ भने कर्णालीबाहेक सबै प्रदेशमा यो संक्रमण फैलिएको छ ।

पर्सा  ८९
रुपन्देही  २८
उदयपुर  ३३
कपिलवस्तु  ३९
बाँके  ३३
काठमाडौं  ९
धादिङ  १
कैलाली  ४
बारा  ३
धनुषा  ४
रौतहट  ३
बाग्लुङ  २
चितवन  २
झापा  २
महोत्तरी  २
भक्तपुर  २
बर्दिया  १
भोजपुर  १
कञ्चनपुर  १
नवलपरासी (पश्चिम)  १
सप्तरी  १
सर्लाही  १
पूर्वी नवलपरासी  १
मकवानपुर  १
दाङ  ३

जना गरी कुल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यसअघि प्रकाशित 

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुगे

काठमाडौंका ३१ जनामा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ

नेपालका कुल संक्रमितमध्ये २१० जना पुरुष, कुन उमेर समूह उच्च खतरामा छन् ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?