काठमाडौं – हालसम्म नेपालमा पुष्टि भएका २ सय ५८ जना संक्रमितमध्ये २१० जना पुरुष संक्रमित रहेका छन् भने ४८ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
गत माघ ९ गतेदेखि हालसम्मको संक्रमितको तथयांक हेर्दा २० देखि ५० वर्ष उमेर समूहका मानिसहरु बढी संक्रमित भएका छन् ।
यसअर्थ यो समूह उच्च जोखिममा रहेको बुझ्न सकिन्छ । तर धुमपान तथा मद्यपानको लतमा रहेका, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, संक्रमितसँग बढी घुलमिल हुने, मास्क प्रयोग नगर्ने, सेनिटाईजर प्रयोग नगर्ने, भिडभाडमा जाने, संक्रमितसँगको निरन्तरको सम्पर्क लगायका कारणले गर्दा यो रोग छिटो फैलन्छ ।
उच्च संक्रामक भएको र सजिलै सर्ने भएको कारणले पनि यो भाइरस बढी खतरनाक बनेको हो। त्यसमाथि डिसेम्बरको अन्तिम सातादेखि देखिएको यस भाइरसको विरुद्ध कुनैपनि औषधी वा त्यसविरुद्धको भ्याक्सिन बनेको छैन । । नेपालमा हालसम्म २ महिले शिशुदेखि ८४ वर्षिय वृद्धासम्मलाई संक्रमण भएको तथ्याङ्क छ । परिक्षणको दायरा बढाउँदै लैजाँदा नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार सूचना जारी गर्दै सचेत बन्न र सावधानी अपनाउन आग्रह गरिरहेको छ ।
उसले सबै उमेर समूहलाई संक्रमणको बरोबर खतरा रहेको जनाएको छ ।
नेपालमा गत माघ ९ गते चीनबाट फर्केका पुरुष कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंमा उपचार गरी निको भएर घर फर्किसकेका छन् ।
त्यसयता थपिएका संक्रमितको उमेरगत विवरण दिँदै कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।
यसअघिको पत्रकार सम्मेलनमा उनले भनेका थिए “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो । आज विहिबार मिडिया ब्रिफिङमा उनले दोहोर्याउँदै भने “संक्रमित संख्या बढीरहेको छ । परीक्षण बढाइरहेका छौँ । सबैले आफ्नो स्वास्थ्य र सावधानी अपनाउनुहोला ।”
चिकित्सकका अनुसार यो भाइरसले धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, आत्मविश्वास कमजोर भएका, कुनै जटिल प्रकृतिका रोग भएका व्यक्तिहरुमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैलाई धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
हालसम्म नेपालका २३ जिल्लामा कोरोना फैलिसकेको छ । आज शुक्रबार थपिएका ९ जना संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले दिएको जानकारी अनुसार थप १ जनामा संक्रमण निको भएको छ । कोशी अस्पतालमा उपचाररत २५ वर्षिय युवा २७ औँ दिनमा निको भएर डिस्चार्ज भएसँगै नेपालमा संक्रमणपश्चात् निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ ।
कोेरोना संक्रमण भएको २७ औँ दिनमा डिस्चार्ज भएका उनको पछिल्लो पटक गरीएको कोरोना परीक्षणका रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।
आज शुक्रबार मकवानपुरमा नयाँ केस पुष्टि भएसँगै अब नेपालका २४ जिल्लामा कोरोना फैलिएको छ ।
जानकारी अनुसार प्रदेश १ मा ३५ जना, प्रदेश २ मा १०० जना, वाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल २ सय ५८ जना संक्रमित भएका हुन् ।
हालसम्मका सबै संक्रमितमध्ये पुरुष २१० र महिला ४८ जना रहेका छन् । गत माघ ९ गतेदेखि हालसम्मको संक्रमतिलाई हेर्ने हो भने २० देखि ५० वर्ष उमेर समूहका मानिसहरु बढी संक्रमित भएका छन् ।
यो भाइरसको प्रकृति आक्रामक र सजिलै एकबाट दोस्रोमा सर्ने कारणले निकै सावधानी अपनाउन मन्त्रालयले दोहोर्याएको छ ।
यसअघि हिजो काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एक ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमित पनि बढीरहेका छन् ।
लकडाउनको ५३ औँ दिनसम्म आईपुग्दा पछिल्लो एक सातामा मात्रै संक्रमित ह्वात्तै बढेका छन् । यसरी लकडाउन पनि लम्बिरहने र संक्रमित पनि थपिँदै जाने हुँदा देशका आर्थिकदेखि हरेक क्रियाकलाप ठप्पप्राय छन् । यो क्रम अझै कहिलेसम्म चल्छ भन्ने निश्चित नभएका कारण यस महामारीबाट जोगिएपनि गरिबी, भोकमरी जस्तो समस्याले सताउनेतर्फ सचेत हुन विज्ञले भनिरहेका छन् ।
नेपालमा हाल पिसीआर विधीबाट २३ हजार ९ सय १४ जनामा कोरोनाको परीक्षण गरिएको छ भने आरडीटि विधीबाट ६३ हजार ८५ जनामा जाँच गरिएको छ । त्यस्तै गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट १ हजार २ सय ५० जना, आरडिटी विधीबाट ७ सय ५८ जना गरी कुल २ हजार ८ जनामा परीक्षण गरिएको छ ।
यस्तै मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश१ मा ८९३३ वटा जाँच गरिएको जनाएको छ । प्रदेश २ मा ५ हजार ९ सय ८२, वाग्मती प्रदेशमा ९ हजार ६ सय ७३, गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७, सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनामा टेष्ट गरिएको छ ।
नेपालमा आजको दिनसम्म १५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ८ हजार ८५, प्रदेश २ मा २ हजार ५१, वाग्मती प्रदेशमा ११७ जना, गण्डकी प्रदेशमा ३०७ जना, प्रदेश ५ मा ८ हजार ३ सय ३५, कर्णाली प्रदेशमा १ हजार ८२ सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय १६ जना रहेका छन् ।
यस्तै हालसम्म नेपालमा २ सय ६७ जना आईसोलेसनमा छन् । काठमाडौंमा २७ र काठमाडौंबाहिर २४० गरी २६७ जना आईसोलेसनमा रहेका छन् । प्रदेश १ मा २२ जना, प्रदेश २ मा १०२ जना, वाग्मती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा १०८ जना रहेका छन् । उनीहरु संक्रमित, संभावित संक्रमित र शंकास्पद बिरामी हुन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मन्त्रालयको ११३३ र १११५ मा विभिन्न जिज्ञासासहितका कल आएको र तिनको स्वास्थ्यकर्मीले जवाफ दिएका छन् ।
मन्त्रालयको वेवपेजमा र मोबाईल एप्लिकेसनमा गत २४ घण्टामा मात्रै ६८२ जनाले स्वमूल्याकंनको फाराम भरेकोमा उनीहरुमध्ये ४ जना ‘रेड जोनमा’ परेका छन् । उनीहरु पनि कोरोनाका संभावित बिरामी हुन् ।
यसरी स्वमूल्याकंनको विवरण भरेकामध्ये रेड जोनमा अर्थात् संभावित संक्रमितको सूचिमा पर्नेको संख्या हालसम्म ३ सय ६३ जना रहेको र उनीहरुको कन्ट्र्याक ट्रेसिङ गर्ने काम सम्बन्धित महाशाखाबाट भइरहेको प्रवक्ता देवकोटाले बताए ।
कोरोना विरुद्धको ‘भ्याक्सीन’मा अक्सफोर्ड युनिभर्सिटीको अपार सफलता
अमेरिका र बेलायतका केही शोधकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा भईरहेको कोरोना भाइरुसविरुद्धको भ्याक्सीनमाथिको सफलता आशाजनक रहेको बताएका छन् ।
६ बाँदरमाथि गरेको परीक्षणमा आफू अहिलेसम्म सफल भएको बताएका हुन् । ६ बाँदरमा भएको सफल परीक्षण पछि मानिसमा यसको ट्रयाल भईरहेको वैज्ञानिकहरुले बताएका हुन् ।
साथै केही अन्य वैज्ञानिकहरुले भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिउका छन् । बेलायतको औषधि निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सीन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसविरुद्धको औषधिमाथि काम शुरु गरेको जानकारी दिएको थियो ।
६ बाँदरमा ट्रायलः
शोधकर्ताले आफ्नो रिपोर्टमा ६ बाँदरलाई कोरोनाभाइरसको भारी डोज दिनुअगाडि उनीहरुलाई यो भ्याक्सीन दिइएको बताएका छन् ।
केही बाँदरमा भ्याक्सीन लगाएको १४ दिनमा एन्टीबडी विकसित भएको र केहिमा भने एन्टीबडीको विकसित हुन २८ दिन लागेको शोधकर्ताहरुको भनाई छ ।
शोधकर्ता भन्छन्, ‘कोरोनाभाइरसको सम्पर्कमा आएपछि यो भ्याक्सीनले उक्त बाँदरको फोक्सोमा क्षती हुनबाट जोगायो र भाइरसलाई शरीरमा आफैँ बढ्न र विकसित हुन रोक्यो । तर भाइरस अहिले पनि नाकमा सक्रिय भइरहेको देखिएको छ ।’
लण्डन स्कूल अफ हाइनीज एण्ड ट्रपिकल मेडिसिनका एक प्राध्यापक, डाक्टर स्टिफन इवान्सले, बाँदरमाथि गरिएको अनुसन्धानको नतिजा निश्चित नै राम्रो रहेको बताएका छन् ।
उनले भने, ‘यो अक्सफोर्ड भ्याक्सीनका लागि एउटा ठूलो बाधा जस्तो थियो जसलाई उनीहरुले निकै राम्रो तरिकाले पार गरेका छन् ।’
ट्रायल सफल हुने सम्भावना कति ?
औषधि विकसित गर्ने प्रक्रियामा अहिलेसम्म बाँदर माथि सफल हुनुलाई निकै महत्वपूर्णरुपमा लिने गरिएको छ । तर केहि वैज्ञानिकहरुले भने, प्रयोगशालामा बाँदरमा गरिएको औषधि मानिसको सुरक्षामा बिफल हुने गरेको बताउँछन् ।
प्राध्यापक इवान्स भन्छन्, ‘जुन औषधिले काम गर्दैनन् त्यसले सुरक्षा दिनुको साटो थुप्रै पटक रोगलाई थप भयानक बनाउने गर्छन् । SARS-CoV-2 को औषधि विकसित गर्नमा एक सैद्धान्तिक चिन्ता त निश्चित रुपमा रहन्छ नै साथमा यो अध्ययनमा विभिन्न नकारात्मक प्रमाण नभेटिनु नै यसको सबैभन्दा उत्साहजनक पाटो रहेको छ ।’
शोधकर्ताका अनुसार १३ मे सम्म यो अनुसन्धानका लागि स्वेच्छाले अगाडि आएका करिव १ हजार व्यक्तिमा ट्रायलको रुपमा यो भ्याक्सीन लगाइसकिएको छ । अनुसन्धानकर्तालाई अब एक महिनाभित्र केही स्पष्ट निस्कर्षसम्म पुग्ने आशा राखेका छन् ।
के अन्य स्थानमा पनि काम जारी छ ?
संसारका केही अन्य देशमा पनि कोरोना भाइरसको भ्याक्सीनको ट्रायल चलिरहेको छ जुन मानव परिक्षणको स्टेजसम्म पुगिसकेको छ । मोडनौ कम्पनीको MRNA.O, फाइजर कम्पनीको PFE.N, बायोएन,टेक कम्पनीको 22UAy.F र चीनको कानसिंनो बायोलोजिक्स कम्पनीको 6185.HK यसमा समावेश छन् । विश्वव्यापी रुपमा कोरोनाभाइरससँग लड्नका लागि सय बढी भ्याक्सीनमा काम चलिरहेको छ ।
तर ४० लाख बढी व्यक्ति संक्रमित बनाइसकेको र तीन लाखभन्दा बढीको ज्यान लिइसकेको यो भाइरसको औषधि बनिहाले पनि बनाउनेहरुलाई कति डोजको तयार गर्ने भन्ने चुनौति रहेको छ ।
साधारणतया, एउटा भ्याक्सीन विकसित गर्नमा १० वर्षसम्मको समय लाग्न सक्छ । तर महामारीको यो अवस्था देखेर र मृतकको संख्या हेरेर ठूला अनुसन्धानकर्ता
कोरोनाभाइरसविरुद्धको औषधि छिटोभन्दा छिटो विकसित गर्नमा प्रयासरत छन् ।
श्रोत: बीबीसी
भारतबाट आएका थिए बाँकेका आठै जना सङ्क्रमित
उच्चस्तरीय समितिको बैठक सकियो, लकडाउनबारे के भयो निर्णय ?
फेरी नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २५८ पुग्यो
मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले
भोलिबाट लागू हुँदैछ यो निर्णय, थाहा पाउनुभयो ?
शनिबारबाट लागू हुने गरी गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस ‘कोभिड- १९’ को परीक्षणको दायरा बढाएसँगै धमाधम कोरोना संक्रमति पुष्टि हुन थालेपछि गृह मन्त्रालयले अब सबै प्रकारका पासमा कडाई गर्ने भएको हो ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको थियो ।
यसअघि एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज भएकोमा अब शनिबारबाट जिल्लाभित्रैका पास पनि खारेज हुनेछ ।
अर्थात् यो वा त्यो बहानामा अब जिल्लाभित्रै पनि घुमफिर गर्न पाईने छैन । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको हो ।
संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको हो । यसअघि जिल्लामा बसोबास गरिरहेका मानिसहरुपनि समूह बनाएर घुमफिर गर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने गरिरहेका छन् । तर अब त्यो पूर्ण रुपमा निषेध गरिसकिएको छ ।
पछिल्लो केहि दिनयता नेपालामा दैनिकजसो १० देखि २० को हाराहारीमा संक्रमित थपिएका छन् ।
प्रदेश नं ५ मा संक्रमित बढेसँगै आइसोलेसन वार्डको अभाव
प्रदेश नं ५ मा कोरोना भाइरसका बिरामीहरु बढेसँगै त्यहाँका आइसोलेसन वार्डहरु भरिएका छन् ।
प्रदेश नं ५ अन्तर्गत हाल रुपन्देहीको धागो कारखानामा ३६ जना, भैरहवाको भीम अस्पतालमा १९, कपिलबस्तु जिल्ला अस्पतालमा एक, बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कोरोना भाइरस संक्रमितका लागि भन्दै तयार पारिएका आइसोलेसन वार्डहरु भरिइसकेको र बाहिर पठाउने तयारी तयारी भइरहेको प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।
चौधरीका अनुसार हालसम्म कपिलबस्तुको कृष्णनगरमा रहेका ८ जना संक्रमितहरु मध्ये पाँच जनालाई दाङ पठाउने तयारी भइरहेको छ ।
उनीहरुलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, चार जनालाई भैरहवास्थित भीम अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए ।
आज नै बाँकेको नैनापुरका ८ जनालाई कोरोना संक्रमण देखिएको छ । उनीहरुको व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
कोरोना अपडेट : कुन महादेशको अवस्था कस्तो ? दक्षिण एसियाली मुलुकहरुमा के छ स्थिती ?
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१७ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ५४८ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख २६ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७१५ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ७७२ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९१२ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ । रासस
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ४५,४२,३८६ १७,१२,४८७ ३,०३,६५१
१. युरोप १७,३०,१७४ ७,२८,८४४ १,५९,२२४
२. उत्तर अमेरिका १६,०३,८१६ ३,९५,७५८ ९७,९४५
३. एसिया ७,४४,३६४ ४,२०,२३८ २३,७१५
४. दक्षिण अमेरिका ३,७७,६६० १,३०,९५६ २०,०५४
५. अफ्रिका ७७,०३० २८,१८६ २,५७९
६. ओसेनिया (अस्ट्रेलिया ) ८,६२१ ७,८५४ ११९
दक्षिण एसियाली मुलुकहरु
१. भारत ८२,१०३ २७,९७७ २,६४९
२. पाकिस्तान ३७,२१८ १०,१५५ ८०३
३. बंगलादेश २०,०६५ ३,८८२ २९८
४. अफगानिस्तान ६,०५३ ७४५ १५३
५. श्रीलंका ९२५ ४४५ ९
६. माल्दिभ्स ९८२ ४५ ४
७. नेपाल २५८ ३५ –
८. भुटान २० ५ –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया