काठमाडौं ।रसुवाका सांसद मोहन आचार्यले लकडाउनबाट समस्यामा परेको जिल्लाबासीलाई निरन्तर सहयोग गर्दै आएका छन् । सांसद आचार्यले कोरोना जोखिम न्यूनिकरणका लागि आवश्यक स्वास्थ सामग्रीहरु आफ्नो निजि लगानीमा ठूलो परीमाणमा मास्क,साबुन,सेनिटाईजर,पिपिई सेट,पन्जा लगायतका जनताको घर घर पुगेर तथा सुरक्षा निकाय लाई प्रदान गरेका छन् ।

सांसद आचार्यले गरिब तथा विपन्न परिवारका लागि आफु पुग्न नसकेको ठाँउमा समेत सहयोगी मार्फत पुग्ने गरेको छन् ।

त्यस्तै सांसद आचार्यको पहलमा उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल, प्रदेश सभा सदस्य प्रेम तामाङ ,पार्टीका जिल्ला सभापति पेम्बा छीरीङ तामाङ, आमाछोदिङ्गमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, नेपाली कांग्रेस रसुवाको नेता श्याम गुरुङ, नेबिसंघ सचिव सुनिल पौडेल तथा अन्य नेता कार्यकर्ताहरुको समन्वयमा लकडाउनको कारण काठमाडौंमा रहेका रसुवाबासी नागरिकहरूलाई यातायात मार्फत काठमाडौंबाट घरसम्म लैजाने व्यवस्था समेत गरेका थिए ।

लकडाउन थपिँदै जाँदा काठमाडौंमा पेसा व्यवसाय गरी बसेका बसेका र समस्यामा परेका ९३५ परिवारलाई प्याकेज स्वरूप २५ के जी जिरा मसिनु चामल, ५ केजी दाल र १ लिटर तेल टोल टोलमा पुगी प्रदान गरेका छन् ।
त्यस्तै समस्यामा परेको र खाध्य सामग्री लिन छुट भएका रसुवाबासी नागरिकहरूलाई सम्पर्क राखी खाध्य सामग्री प्रदान गरीने तयारी भईरहेको नेपाल बिध्यार्थी संघ रसुवाका सचिव सुनिल पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया