मध्यरातमा नेकपाद्वारा एनसेलका टावरमाथी आगजनी

काठमाडौँ, १ फाल्गुन- राज्यलाई अर्बाै रुपियाँ कर नतिरेको, जनतालाई अनावश्यक ठग्ने गरेको र केही व्यक्तिहरुलाई सहयोग गरेर कर छलि गरेको आरोप लाग्दै आएको बहुराष्ट्रिय कम्पनी एनसेलका दर्जनौं टावरमाथी गत मध्यरातमा आगजनी भएको छ । आगजनीले देशभरका विभिन्न जिल्लामा सर्किट प्रशारण गर्दै आएका टावर, टान्र्सफर्मर, तार र जडान सर्किटहरु ध्वस्त भएका छन् यता लुम्बिनी अञ्चलका पाल्पा, अर्खाखाँची, कपिलवस्तु र परासीस्थित भूताहा लगायतका क्षेत्रमा रहेका एनसेलका टावरहरु पनि ध्वस्त भएका छन् । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावर , त्यसैगरी इटहरी उप–महानगरपालिका ११ खनार, कमलामाई नगरपालिका २ चपौली सिन्धुली, मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, धनकुटा नगरपालिका वडा नं. मार्गा धर्मशालामा रहेको एनसेल टावरमाथि पनि तोडफोड र आगजनी भएको छ ।उता सुदुरपश्चिमको डडेलधुरामा रहेको एनसेल टावरमाथि स्थानीयको आक्रमणबाट क्षतिग्रस्त भएको बताइएको छ । राज्यलाई तिर्नुपर्ने अर्बाै रकम एनसेलले नितिरेको, ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले यसअघि पनि देशैभरी आक्रमण गरेको थियो राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक नेकपाले गरेको आग्रह अस्वीकार गर्दै आएको एनसेल कम्पनिका देशैभर रहेका एनसेलको टावरमाथि नेकपाले एकैसाँथ तोडफोड तथा आगजनि गरेको हो । एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले पटकपटक कर तिर्न आग्रह गर्दै आएको थियो । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए । आक्रमणबारे बिस्तृत विवरण भने आईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?