काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ को कारण विश्व आक्रान्त छ ।
वैदेशीक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका युवाहरु नेपाल सरकारले ल्याएको खण्डमा आजभोली नै आउन तयार रहेको समाचार बाहिरीरहेका छन् । यसैबीच तिनको रोजगारीको विषयबारे सरकारले विभिनन योजना बनाएको जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बेरोजगारीको जोखिम हटाउनको लागि सरकारले ति युवाशक्तिलाई व्यवसायिक कृषि, स्थानीय पूर्वाधारको व्यापक प्रयोग गरी, उत्पादन बढाईने, उत्पादनमुलक उद्यममा लगाउने, प्राविधीक सिप र ज्ञान दिईने र श्रमको उच्च मूल्याकंन हुने वातावरण बनाउने गरी सरकारले तयारी गरेको र सोहीअनुसारको कार्यक्रम ल्याईने बताएकी छिन् ।
सरकारले सीप भएकालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। उनीहरुलाई प्रविधि हस्तान्तर, बजारीकरणका कार्यक्रमसँग जोडिने छ। सबै प्रदेशमा संरचना विस्तार गरिनेछ। पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड-१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति छ।
यसअघि प्रकाशित
नेपालमा कोरोना अपडेट : २४ जिल्लामा फैलियो संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया