सरकारको नीति तथा कार्यक्रम पेश गरिने संयुक्त बैठक शुरु (लाइभ)

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको थियो ।

सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन समेत आग्रह गरिएको थियो । सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको स्रोतले बताएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।

बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।

https://www.facebook.com/lokpath/videos/2893313467454212/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?