अब आवाजबाट पानी तात्ने, वैज्ञानिकले खोजे ‘फर्मूला’

काठमाडौं । हामी सबैलाई थाहा छ, पानी तताउन वा उमाल्नको लागि तापक्रमको आवश्यक पर्दछ । कुनै पनि प्रकारको तापक्रमले पानी उमाल्ने गरिएको हामीलाई थाहा छ । तर के तपाईलाई पानी आवाजको मद्दतबाट पनि उमाल्न सकिन्छ भन्ने कुरा थाहा छ । यदि छैन भने आज हामी तपाईलाई यस बारेमा जानकारी दिनेछौँ । सुन्दा अचम्म लाग्यो होला ।

पानी आवाजबाट उम्लिन्छ भन्ने कुरा पत्याउन पनि गाह्रो पर्यो होला । तर स्ट्याफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले पानी उमाल्ने नयाँ तरिका पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार एसएलएसीको शक्तिशाली एक्स रे लेजरको प्रयोग गरेर पानी भन्दा तल ध्वनि उत्पन्न गराउनमा सफलता मिलेको छ ।

आवाज यति तीव्र रहेको छ कि, त्यसको मद्दतबाट पानी पनि उमाल्न सकिन्छ । उनीहरुले पानीको अणु तातो भएसँगै बडिढरहेको गतिको साथ चल्दछ । उक्त तापक्रम ध्वनिको तरंगका कारण उत्पन्न हुन्छ ।

शोधकर्ताहरुका अनुसार ध्वनिको यस स्तर प्राप्त गर्नका लागि यो प्रयोगका साथै ध्वनिको तरंग २७० डेसिबल थियो ।

यो एक रकेट लञ्चको तुलनामा भन्दा धेरै तातो थियो । साथै एउटा पुरा शहरमा एक स्थानमा प्रत्यक्ष सबै विद्युत शक्तिको तीव्रता बराबरको हुन्छ ।

यो भन्दा पहिला वैज्ञानिकहरुले यस्तै एक उपकरण विकसित गरेका थिए । जसले हावाबाट पानी सोस्न सक्दथ्यो र गर्मीबाट पानी निकाल्न सक्दथ्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?