जसपाको केन्द्रमा ११ वटा संरचना प्रस्ताव

राजपा नेपाल र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रमा ११ संरचना राख्ने व्यवस्था गरेको छ । शीर्ष नेताको व्यवस्थापनका लागि धेरै संरचनाको व्यवस्था गरिएको एक नेताले बताए ।

शीर्ष नेताहरूले दुवै पार्टीबाट दुई–दुईजनाको प्रतिनीधित्व रहेको चारसदस्यीय विधान तथा मस्यौदा कार्यदल बनाएका थिए । राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको त्यही कार्यदलले विधान र घोषणापत्रको पहिलो मस्यौदा बनाएर शीर्ष नेतालाई बुझाएको हो ।

प्रारम्भिक मस्यौदामा केन्द्रमा राष्ट्रिय महाधिवेशन समिति, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहेने व्यवस्था गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?