कालिमाटी तरकारी बजारका ४ जनामा आरडिटी जाँचमा कोरोना पोजेटिभ

काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहिबार गरीएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनामा एन्टिबडि पोजेटिभ देखिएको छ ।

काठमाडौं महानगरपालिकाले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर आज ७०० जनाको आरडीटि र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना टेष्ट गर्दा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो ।

आज कालिमाटी तरकारी बजार क्षेत्रभित्र बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, ब्यापारी, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा स्वास्थ्य परीक्षण थालिएकोमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
योसँगै अब काठमाडौंमा त्रास बढेको छ । यसअघि सामाजिक दुरी कायम गरी अतयावश्यक खाद्यवस्तु किन्न दिईएकोमा भिडभाड, नियम उल्लंघन गर्ने प्रवृतिका कारण कोरोना संक्रमणको खतरा बढेको भन्दै कालिकाटी तरकारी बजारमा नियमन गर्न सञ्चारमाध्यमले बारम्बार समाचार सम्प्रेषण गरिरहेका थिए । यसैबीच महानगरपालिकाले तरकारी बजारमा भिडभाड कम गर्न अन्य ११ स्थानमा तरकारी बजार शुरु गरेतापनि कालिमाटी तरकारी बजारमा बिहान र साँझ निक्कै भिड लाग्ने गर्छ ।

हालसम्म नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहिबार मात्रै काठमाडौं चन्द्रागिरीमा बस्ने सशस्त्र प्रहरीका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय परीक्षणको दायरा बढाएपछि तिव्र रुपमा संक्रमित संख्या बढिरहेको छ । त्यसैले धेरैजसो जिल्लाले सील गरिरहेका छन् ।

कोरोनाको महामारीबाट बच्न सरकारले लकडाउनको नीति अपनाएको ५२औँ दिन बितेको छ । तर संक्रमित पहिलेभन्दा तिव्र रुपमा पुष्टि हुन थालेका छन् । केहि दिन अघि मात्रै लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले अहिले सबै किसीमका पास रद्ध गर्न निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?