ट्रकबाट खसेको टायरले किच्दा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा ट्रकबाट खसेको टायरले किच्दा एक जनाको मृत्यु भएको छ । लिसंखुपाखर गाउँपालिका-१ चोचेडाँडास्थित सडकमा बा.५ ख २४१६ नम्बर मिनीट्रकबाट खसेर सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्ण बिर तामाङ्को मृत्यु भएको हो ।

बिहीबार दिउँसो मिनीट्रकमा सवार हुँदा अचानक खसेपछि टायरले किच्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?