भैंसी चराउन गएका कृष्ण मृत अवस्थामा फेला

काठमाडौं । दोलखामा एकजना मृत अवस्थामा फेला परेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका-७ तल्लो खाल्टे बस्ने ५५ वर्षीय कृष्ण बहादुर खत्री माथिल्लो खाल्टेमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

भैंसी चराउन गएका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।  घटना बारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?