काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९८ हजार १६५ जनाका मृत्यु भईसकेको छ भने ४४ लाख २९ हजार २३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख ५८ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ९२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ८५ हजार १९५ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ३० हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १० हजार २५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा मात्र कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २७ हजार २९० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५० हजार ८४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा अहिलेसम्म ९ हजार ७२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४२ हजार ८६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा बुधवार मात्र २१ हजार ७१२ जना संक्रमित थपिएका छन् भने बुधवार नै १ हजार ७७२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया