काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९८ हजार १६५ जनाको मृत्यु भईसकेको छ भने ४४ लाख २९ हजार २३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख ५८ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ९२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५५१ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार ५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २६ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै भारतमा बुधवार मात्रै ३ हजार ७६३ जना नयाँ संक्रमित थपिएका छन् भने बुधवार नै १३६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया