अदालतको आदेशपछि ८ सय ४९ को कोरोना परीक्षण

काठमाडौं । न्यायालयको आदेशपछि कर्णाली प्रदेशको सरकारले तीन दिनभित्र ८ सय ४९ जनाको पीसीआर परीक्षण गरेको छ ।
अदालतको आदेश आउनुअघि सो प्रदेशमा जम्मा मुस्किलले १० जनाको मात्र पीसीआर परीक्षण भएको जुम्लाका कानुन व्यवसायी पदमबहादुर शाहीले नेपाल जानकारी दिए।

प्रदेश ६ तथा ५ बाट लुकीलुकी मानिस कर्णाली प्रदेशमा जाने गरेका र उनीहरूको कसैको पनि आरटीसी तथा पीसीआर परीक्षण नभएको उल्लेख गर्दै त्यसले गर्दा कर्णाली प्रदेशका जनता त्रासमा रहनुपरेको उल्लेख गर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा कानुन व्यवसायी शाहीले रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा शंकास्पद सबै व्यक्तिको पीसीआर परीक्षण गर्नका लागि आदेश दिन माग गरिएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?