भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो ।
प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो ।
हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ ।
तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो ।
पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरे । कान्तिपुर दैनिकमा यसबारे खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया