काठमाडौं । कोरोना भाइरसको कारण जापानका सुमो रेसलरको मृत्यु भएको छ ।
कोरोना संक्रमणको कारण विश्वमा नै पहिलो पटक बुधवार रेसलरको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
२८ वर्षीय रेसलर सुबोसीमा करिब एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर मानिन्थे ।
‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन । त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’ जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
हालसम्म जापानमा कोरोनाको कारण ६ सय ७८ जनाको मृत्यु भएको छ भने १६ हजार ४९ मा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया