कोरोना विश्व अपडेट: ४३ लाख ९४ हजार बढीमा संक्रमण, कति पुगे मृतक ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४३ लाख ९४ हजार ५८ जना मानिसमा संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ लाख ९५ हजार ६ सय ५१ पुगेको छ । भने संक्रमित मध्ये ४६ हजार १ सय २० जनाको अवस्था गम्भीर रहेको र १६ लाख ३६ हजार ८ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८४ हजार १ सय ४१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १४ लाख १७ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ७ सय १६ जनाको ज्यान गएको छ भने ८ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

हालसम्म अमेरिकामा ३ लाख बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ हजार ४ सय ६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ४ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ १ हजार ५ सय ७५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने १ सय ८४ जना मानिसको ज्यान गएको छ । त्यस्तै हालसम्म स्पेनमा २ लाख ७१ हजार ९५ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा बितेको २४ घण्टामा कोरोनाको कारण ३१ हजार १ सय ६ जनाको ज्यान गएको छ । हालसम्म २ लाख २२ हजार १ सय ४ जनामा संक्रमण देखिँदा बितेको २४ घण्टामा मात्र ८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । साथै १ लाख १२ हजार ५ सय ४१ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बेलायतमा पनि कोरोनाको संक्रमण अझै रोकिएको छैन । त्यहा २ लाख २९ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ भने ३३ हजार १ सय ८६ जनाको कारोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टामामात्र बेलायतमा ३ हजार २ सय ४२ जना नया संक्रमित देखिए भने ४ सय ९४ जनाको मृत्यु भएको छ । त्यहा अझै १ लाख ९६ अजार १ सय ७५ जना उपचाररत रहेका छन् जसमा १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । वेलायतमा २० लाख ९४ हजार २ सय ९ जनामा परिक्षण गर्दा २ लाख २९ हजार बढी संक्रमित देखिएका हुन् ।

साथै रसियामा कोरोना भाइरस (कोभिड १९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । त्यहा २ लाख ४२ हजार २ सय ७१ जना संक्रमित देखिएका छन् भने २ हजार २ सय १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ४८ हजार ३ जना उपचारपछि निको भएका छन् भने १ लाख ९२ हजार ५६ जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये १ हजार ५ सय ३४ जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामामात्र १० हजार बढी संक्रमित देखा परेका छन् भने ९६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण १२ हजार ६ सय ३५ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा थपिएका ३ हजार १ सय ३५ कोरोना संक्रमितसहित हालसम्म १ लाख ८० हजार ७ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्रै त्यहाँ २ सय ३१ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २६ हजार ९ सय ९१ जनाको ज्यान गएको र १ लाख ७८ हजार २ सय २५ जनामा संक्रमण देखिएको छ । हालसम्म ५७ हजार ७ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९२ जना पुगेको छ । भने १ लाख ७३ हजार ८ सय २४ जनामा संक्रमण फैलिएको र बितेको २४ घण्टामा मात्र ६ सय ५३ कोरोना संक्रमित थपिएका छन् । हालसम्म १ लाख ४८ हजार ७ सय मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ५४ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित थपिँदा कुल संक्रमितको संख्या ७८ हजार ४१ पुगेको छ । भने १ सय ३६ जनाको बितेको २४ घण्टामा ज्यान गएको छ । हालसम्म भारतमा २६ हजार ३ सय मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

क्यानडामा हालसम्म कोरोनाको कारण ५ हजार २ सय ९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ सय २९ जना कोरोना संक्रमित थपिँदा कुल संक्रमितको संख्या ७१ हजार ४ सय ८६ पुगेको छ ।

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता

अनियन्त्रित भएर पृथ्वीमा खस्यो चीनको रकेट

बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित

कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?

धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना

कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट

जनकपुरका पत्रकारमा पनि देखियो कोरोना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?