काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८४ हजार १ सय ४१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १४ लाख १७ हजार ३ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ७ सय १६ जनाको ज्यान गएको छ भने ८ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

हालसम्म अमेरिकामा ३ लाख बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ हजार ४ सय ६ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, रसियामा कोरोना भाइरस (कोभिड १९) को कारण संक्रमित हुनेको संख्या दिनदिनै बढीरहेको छ । रसियामा २ लाख ४२ हजार २ सय ७१ जना संक्रमित देखिएका छन् भने २ हजार २ सय १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ४८ हजार ३ जना उपचारपछि निको भएका छन् भने १ लाख ९२ हजार ५६ जना अझै उपचाररत रहेको वोल्डोमिटरको तथ्याङ्कले देखाउछ । उपचाररतमध्ये १ हजार ५ सय ३४ जनाको अवस्था गम्भिर रहको छ । रसियामा बितको २४ घण्टामामात्र १० हजार बढी संक्रमित देखा परेका छन् भने ९६ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४३ लाख ९४ हजार ५८ जना मानिसमा संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ लाख ९५ हजार ६ सय ५१ पुगेको छ । भने संक्रमित मध्ये ४६ हजार १ सय २० जनाको अवस्था गम्भीर रहेको र १६ लाख ३६ हजार ८ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया