ह्वाइट हाउसपछि अब आबुधाबीको हिन्दू मन्दिरमा प्रार्थना सभा

काठमाडौं । सारा विश्व यतिबेला कोरोना भाइरसविरुद्धको लडाईमा छ ।

विश्वका विभिन्न देशहरुले अनेक प्रकारका उपायहरु पनि अपनाइरहेका छन् । कोरोना भाइरसबाट बच्नका लागि सोसल डिस्टेन्सिङ अति नै आवश्यक पर्ने चिकित्सकहरुले बताईरहेका छन् ।

धार्मिक स्थलहरु देखि लिएर स्कूल, कलेज वा जतासुकै पनि सामाजिक दूरी कायम राख्नुपर्ने बताइएको छ ।

यसैबीच अब आबुधाबीस्थित हिन्दू मन्दिरमा अनलाइन प्रार्थना सभा आयोजित गरिने भएको छ ।

बीएपीएस हिन्दू मन्दिरमा कोरोना भाइरसविरुद्धको युद्धमा मानिसहरु एकजुट गर्नको लागि १४ मे अर्थाथ् बिहीवार मानवताको लागि प्रार्थना गरिने भईएको छ ।

राती ९ बजे प्रार्थना शुरु हुने

यस अनलाइन प्रार्थनाको सम्बन्धमा मन्दिरका प्रमुख व्रह्मचारी स्वामीजीले हायर कमिटी अन ह्युमन फ्रटरनिटी (एचसीएचएफ) को तर्फबाट यो प्रार्थना सभा आयोजित गरिने भएको हो ।

एचसीएचएफ धार्मिक नेता र विद्वानका एक स्वतन्त्र निकाय हो । यो संस्था आबुधाबीका प्रिन्स एचएच शेख बिन जायद अल नाहयानका संरक्षणमा सञ्चालित भईरहेको छ । प्रार्थना सभा राती सभा ९ बजे शुरु हुनेछ ।

केहि दिन अगाडि मात्र पनि ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित पूजारीलाई ह्वाइट हाउस बोलाएर शान्ति पाठ तथा पूजा गराएको थियो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ९५ हजार ७२ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ८६ हजार ८२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख २९ हजार ९७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार २३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता

अनियन्त्रित भएर पृथ्वीमा खस्यो चीनको रकेट

बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित

कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?

धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना

कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट

जनकपुरका पत्रकारमा पनि देखियो कोरोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?