कपिलवस्तुमा ३८ पुगे कोरोना संक्रमित, एकैदिन ९ जनामा संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा आज (बुधवार) थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको जम्मा संख्या ३८ पुगेको छ ।

बुधवार दिउँसो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा र बुधवार बेलुका कपिलवस्तु निवासी २२,२९,३२,४०,४०,४२,४२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

यस अघि वैशाख ३० गते मंगलवार पनि कपिलवस्तुका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यस्तै वैशाख २९ गते सोमवार साँझमा पनि कपिलवस्तुको यशोधरा गाउँपालिका ८ वुद्धभूमीका नगरपालिका ७ निवासी १५,१९,२३,३०,३२ र ३८ वर्षका पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यस्तै वैशाख २९ गते विहान पनि कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमी ७ र १० का १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षका पुरुषहरु र एक उमेर नखुलेका पुरुषमा कोरोको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वैशाख २७ गते (शनिवार) विहान पनि कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वैशाख २५ गते (बिहीवार) पनि कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा बुधवार एकैदिन २६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २४३ पुगेको छ ।

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता

अनियन्त्रित भएर पृथ्वीमा खस्यो चीनको रकेट

बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित

कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?

धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना

कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट

जनकपुरका पत्रकारमा पनि देखियो कोरोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?