नेपालमा ४ वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ४ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुधवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको स्वाब परिक्षणका क्रममा ४ वर्षीया बालिकमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

उनको अवस्था समान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेकी छन् । आज मात्रै नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संंख्या २४३ पुगेको छ ।

बुधवार दिउँसो बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो भने बुधवार साँझ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

रुपन्देही जिल्ला निवासी २२, २२,२५, २८, ३०,३२, ३३,४१ वर्षीय पुरुष तथा ४,१०,२८, वर्षीय कहिलाहरु रहेका छन् ।

त्यस्तै कपिलवस्तुनिवासी २२,२९,३२,४०,४०,४२,४२ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुषहरु रहेका छन् भने ३६ वर्षीया महिला रहेकी छन् ।

त्यस्तै नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?