इरफान खानले यसरी गरे आफ्नी पत्नीको तारिफ

मुम्बई – बलिउड अभिनेता इरफान खानले आफ्नी पत्नी सुतापा सिकदरलाई सबैभन्दा मिल्ने साथी मान्छन् । सुतापाले फिल्म ‘करीब करीब सिंगल’ पनि निर्माण गरिसकेकी छिन् । ‘मेरी पत्नी सबैभन्दा मिल्ने साथी हुन्, हामीले हरेक कुरामा सल्लाह गर्छौं, उनले ‘करीब करीब सिंगल’ जस्तो फिल्म निर्माण गर्न धेरै ठीक हुन्छ किनकि यसमा एउटा अनौठो कहानी छ ।’, उनले एक अन्तर्वातामा भनेका छन् साथै पत्नी र आफूले एउटै कलेजमा पढेको पनि बताएका छन् । ‘मेरी पत्नी मेरो तुलनामा धेरै मभन्दा धेरै समझदार छिन्, उनीसँग धेरै सृजनात्मक उर्जा छ ।’ उनले भनेका छन्, ‘जुन उर्जा उनले करीब करीब सिंगलमा पनि देखाइन् ।’तनुजा चन्द्राद्वारा निर्देशित यो फिल्ममा अभिनेत्री पार्वतीले प्रमुख भूमिा निभाएकी थिइन् । भारतमा राम्रै चर्चा कमाएको यो फिल्म नेपालमा भने प्रदर्शन भएको थिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?