स्वास्थ्य मन्त्रालयले भन्यो – ‘नेपालमा ३५४ जना रेड जोनमा छन्’

काठमाडौं – नेपालमा हाल ३५४ जना रेड जोनमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार मन्त्रालयको वेवसाईटमा दिईएको विवरण फाराममा स्वमूल्यांकनको लागि भरेका कुल ३५ हजार ७ सय २३ जनामध्ये ३ सय ५४ जना रेड जोनमा परेका हुन् ।

गत २४ घण्टामा मात्रै कोरोनासाग मिल्दोजुल्दो ल्रक्षण देखिएको भन्दै स्वमूल्यांकनको लागि ७ सय ९२ जनाले यस्तो विवरण भरेका थिए । तिमध्ये ९ जना रेड जोनमा परेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ति संभावित संक्रमितको ट्रेसिङ गर्ने र अरु जानकारी लिने काम सम्बन्धित महाशाखाबाट भइरहेको छ ।

आज १४ हजार ३ सय १३ जना क्वारेन्टाईनमा छन् ।

प्रदेश १ मा ९ सय ५९ जना, प्रदेश २ मा १ हजार ५ सय ७४ जना, वाग्मती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश ५ मा ६ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना, सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाईनमा बसेका छन् ।

यस्तै संभावित, पुष्टि भएका र शंकास्पद बिरामीको संख्या २ सय ४५ रहेको छ । तिमध्ये ६ जना काठमाडौंमा र २ सय ३९ जना काठमाडौं बाहिरका विभिन्न जिल्लामा रहेका छन् । उनीहरु चिकित्सकको निगरानीमा आईसोलेसनमा रहेका छन् ।

यसरी आईसोलेसनमा बस्नेहरुमध्ये प्रदेश १ का २१ जना, प्रदेश २ का ९८ जना, वाग्मती प्रदेशका २५ जना र प्रदेश ५ का १०१ जना रहेका छन् ।कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा मन्त्रालयले सचेत हुन सबैसँग अनुरोध गरेको छ ।

मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश नम्बर १ मा ३५ जना संक्रमित रहेको जनाएको छ । ति संक्रमित झापा, भोजपुर र उदयपुरका हुन् ।

यस्तै प्रदेश २ मा ९६ जना संक्रमित छन् । ति सप्तरी, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्साका छन् ।

यस्तै वाग्मती प्रदेशमा ९ जना संक्रमित छन् उनीहरु काठमाडौं, भक्तपुर, धादिङ, चितवनका छन् ।

यस्तै गण्डकी प्रदेशका २ जना रहेका छन् । उनीहरु दुवैजना बाग्लुङका हुन् ।

प्रदेश ५ मा ७२ जना संक्रमित छन् । उनीहरु कपिलवस्तु, रुपन्देही बाँके र बर्दियाका छन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म २ जिल्लामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरका ५ जनालाई संक्रमण पुष्टि भएको छ। हालसम्म पिसीआर विधीबाट २१ हजार ३ सय ४० जनामा परिक्षण गरिएको छ ।

आरडिटी विधीबाट ६० हजार ३ सय १९ जनामा परीक्षण गरीएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामामात्रै २ हजार ३ सय ५७ जनामा पिसीआर विधीबाट जाँच गरिएको छ ।आरडिटी विधीबाट गत २४ घण्टामा ६ सय ९२ वटा जाँच गरिएको छ । यसरी२४ घण्टामा मात्रै दुवै विधीमार्फत् कुल ३ हजार ४९ जनामा परीक्षण गरिएको छ ।

प्रदेश १ मा हालसम्म ८ हजार ३ सय २० जनामा परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार ९ सय ३७ जना, वाग्मती प्रदेशमा ९ हजार ३सय ६३ जना, गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ जना, प्रदेश ५ मा ७ हजार २ सय २९ कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ जनामा कोरोना जाँच गरिएको छ ।

नेपालमा हालसम्म २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) मात्रै नेपालमा बाँके र कपिलवस्तुका २ जना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कविलवस्तु नगरपालिका- ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै बाँके जिल्लाको नेपालगञ्ज निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय १९ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?