प्रदेश नं ३ मा मन्त्रिमण्डल गठन

हेटौंडा, २९ माघ – प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषद्मा आज अपराह्न दुई मन्त्री नियुक्त गर्नुभएको छ प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराउनुभयो । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्नु हुने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नं प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?