केन्याले नेपाललाई १७८ रनको चुनौती दियो

काठमाडौँ, २९ माघ – नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा केन्याले नेपाललाई १७८ रनको चुनौती दिएको छ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनायो केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए त्यसैगरी, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान एक÷एक विकेट लिए । अहिले नेपाल जवाफी ब्याटिङ्मा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?