जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका-७ गोलमढी घर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?