काठमाडौं । पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन् ।
घरमा मृग मारेपछि प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ । साथै आईतेको घरबाट लुकाईछिपाई राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया