जनकपुरमा मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवालाई कोरोना

काठमाडौं । जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमित महोत्तरीका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् । उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् ।

संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ । यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् ।

उनीहरु दुबैमा मंगलवार कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?