काठमाडौं । धनुषामा आज २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या २१९ पुगेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलवार मात्रै जनकपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्ये एक पत्रकार तथा अर्का पुस्तक व्यापारी रहेको बताईएको थियो ।
प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।
मंगलवार मात्रै नेपालमा एकैपटक ८३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमित थपिएपछि लकडाउनमा थप कडाई गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया