मेक्सिकोमा कोरोनाको प्रकोप बढ्दै : आज मात्रै ३ सय बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९२ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ४२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख २ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ३४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महामारीको टार्गेट बन्दै आएको मेक्सिकोमा आज मात्रै ३५३ जनाको मृत्यु भएको छ भने १ हजार ९९७ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै मेक्सिकोमा ३ हजार ९२६ जनाको मृत्यु भईसकेको छ भने ३८ हजार ३२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ हजार ८१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा मंगलवार मात्रै १ हजार ३०५ जना नयाँ संक्रमित थपिएका छन् भने मंगलवार नै १०८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?