कोरोनाको प्रकोप : महामारीबाट अति प्रभावित अमेरिकामा यस्तो छ पछिल्लो २४ घण्टाको अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९२ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ४२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख २ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६हजार ३४२ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसबाट अत्याधि प्रभावित बनेको देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ८३ हजार ४२५ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ८ हजार ६३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख ९६ हजार ७४६ जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने १६ हजार ४७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २७ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४८ हजार ६५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म ९ हजार ५४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४२ हजार ७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा मंगलवार मात्र २२ हजार ८०२ जना संक्रमित थपिएका छन् भने मंगलवार नै अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?